Username
Password
News
May 29, 2011
खतरनाक मोबाइल फोन

 à¤¨à¥‡à¤ªà¤¾à¤² टेलिकमले राजधानीबाट सुरु गरेको मोबाइल सेवा अर्थात् ग्लोवल सिस्टम फर मोबाइल कम्युनिकेसन एक दशकअघिसम्म सीमित हुने  खानेहरूको पहुँचभन्दा बाहिर आइसकेको थिएन à¥¤ उतिबेला ठूलो धनराशि खर्चेर किन्नुपर्ने मोबाइल अहिले रिक्सा चलाउने, कलेज पढ्ने  किशोर-किशोरी, गृहणी तथा कर्मचारीको हात-हातमा हुन्छ भनेर कसैले कल्पनासम्म गरेको थिएन à¥¤ मोबाइल फोन यतिबेला आमजीवनको  पर्यायवाची बनेको छ à¥¤ सन् १९९० को दशकमा अमेरिका र स्क्यान्डिनेभियन देशहरूबाट सुरु गरिएको मोबाइल फोन त्यसको एक दशकपछि  १९९९ मा मात्र नेपाल भित्रिएको थियो à¥¤ त्यसको १० वर्षपछि १ करोड नेपालीको हातमा मोबाइल फोन पुगिसकेको छ à¥¤ इन्टरनेसनल टे लिकम्युनिकेसन युनियनका अनुसार १० वर्षअघि विश्वभर करिब ५० करोड मोबाइल प्रयोगकर्ता थिए भने अहिले ४ अर्व ६० करोड  नाघिसकेका छन् à¥¤ 

दूरसञ्चार प्राधिकरणको टेलिजन घनत्व सर्वेक्षण अनुसार प्रति १ सय व्यक्तिमा १८ जना मोबाइल टेलिफोनसँग आबद्ध भैसकेका छन्, तर  उपभोक्ताहरू मोबाइल फोनको खतरनाक पक्षप्रति त्यति सचेत भएको पाइँदैन à¥¤ मानिसहरूले सूचनाको अभावका कारण मोबाइल फोनको  खतरनाक पक्षका बारेमा उनीहरूले जानकारी पाउन सकिरहेका छैनन् à¥¤ मोबाइलको स्वास्थ्यसम्बन्धी खतरासँग सम्बन्धित समाचार सन् १ ९९० देखि नै आउन थालेका थिए, तर यसलाई समय समयमा निष्क्रिय गराइयो à¥¤ सन् २००० मा अन्तर्राष्ट्रिय स्तरमा जारी स्टिवर्ट रिपोर्टले  सावधानी अपनाउन भन्यो, तर मोबाइल फोनले कुनै प्रकारको स्वास्थ्यसम्बन्धी खतरालाई नकारिदियो à¥¤ मोबाइलबाट हुने खतराको  अनुसन्धानमा अर्बौं रुपैयाँ खर्च भैरहेको छ à¥¤ वैज्ञानिकहरूको अनुसन्धान एवं रिपोर्टलाई मध्यनजर गरेर भन्ने हो मोबाइल फोन आफैंमा एक  खतरनाक वस्तु हो à¥¤ 
मोबाइल फोनका खतरनाक पक्ष 
मोबाइलबाट निस्कने रेडियो तरंगले मानव शरीरको तन्तु अनावश्यक रूपमा तानिन्छ à¥¤
मोबाइल फोनद्वारा निर्मित चुम्बकीय क्षेत्रले मानवशरीरका कोषहरू नराम्रोसँग प्रभावित हुन्छन à¥¤ 
बढी समयसम्म मोबाइलमा कुराकानी गर्ने व्यक्तिमा मोटोपन तथा टाउको दुख्ने समस्या देखा पर्न थाल्छ à¥¤ 
मोबाइल फोन प्रयोगकर्ता टाउको र कान छेउछाउको भागमा क्यान्सरको खतरा सामान्य मानिसभन्दा २५ प्रतिशतले बढी हुन्छ à¥¤
मोबाइलको विकिरणले क्यान्सर निम्ताउँछ भने यसले मानिसको जिन माथि पनि नकारात्मक असर पार्छ à¥¤
कमिजको बायाँ गोजीमा मोबाइल राख्नाले हृदयमा तरंगको दुष्प्रभाव पर्न सक्छ à¥¤
विभिन्न अध्ययनलाई मान्ने हो भने मानिसको पाइन्टको गोजीमा मोबाइल फोन राख्नाले मानिसको प्रजनन क्षमतामा असर पुग्छ à¥¤ 
मोबाइल फोन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा 
व्यापकता पाइसकेको मोबाइल फोन नै प्रयोग नगर्ने भन्ने होइन, यसको प्रयोग आवश्यक परेको बेलामा होसियारीपूर्वक गर्नुपर्छ à¥¤ यसको  खतरनाक पक्षबाट बच्न आफ्नो जीवनशैलीमै परिवर्तन गर्नु उपयुक्त देखिन्छ à¥¤  
मोबाइल फोनको प्रयोग त्यति बेला मात्र गरौं, जब यसको आवश्यकता पर्छ à¥¤ अनावश्यक समयमा मोबाइल फोन चलाइरहने बानी त्यागी  त्यसलाई आफ्नो शरीरभन्दा टाढा राख्नु उपयुक्त हुन्छ à¥¤ 
बढी विकिरण हुने एसएआर मोबाइलको प्रयोगबाट बच्न बढी समय खप्ने ब्याट्री भएको मोबाइल फोन खरिद गर्नुपर्छ à¥¤
गुणस्तरका बारेमा जानकारी नभएका सञ्चारसम्बन्धी साधनहरूको खरिद-बिक्री एवं प्रयोग गर्ने काम नगरौं à¥¤ 
नेटवर्कका लागि प्रयोग हुने टावरहरूबाट विकिरण वा हानिकारक तरंगहरू आउने हुनाले त्यसलाई कुनै वस्तुले छोप्नुपर्छ à¥¤